अन्तर्राष्ट्रिय
भारतमा एक अपार्टमेन्टको पर्खाल भत्किँदा १५ जनाको मृत्यु
०

दिल्ली, असार १४-
पश्चिम भारतको पुनामा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किँँदा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
निमार्णाधीन काममा सलग्न रहेका कामदार सुतिरहेको स्थानमा यो पर्खाल भत्किाँदा १५ व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
भारी वर्षाको कारण कमजोर भएको पर्खाल भत्किएको सो भग्नावशेषमा जीवितै व्यक्ति छ कि भनेर खोजी कार्य भइरहेको जनाइएको छ । रासस/एएफपी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>