गण्डकी

लमजुङको दूधपोखरीबाट तीस वर्षपछि फरार अभियुक्त पक्राउ

Banner

लमजुङ, असार १४-

गण्डकी प्रदेशअन्तर्गत लमजुङको दूधपोखरीबाट ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालीन इलामपोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने कामीलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएर जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुुरुङले बताए ।

तत्कालीन इलामपोखरी गाविसको लाङ्दी दोभान त्रिवेणीमा गोरखा खरिबोटका बेदप्रसाद पोख्रेललाई धेरै पैसा ल्याएको आशङ्कामा कामी लगायतको पाँच जनाको टोलीले ढुङ्गाले हानेर कर्तव्य गरी मारेको थियो । उनको साथबाट नगद रु चार हजार लुटी पाँच जनाले बाँडीचुडी लिएका थिए । मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले कामीसहित पाँचजना विरुद्ध जिल्ला अदालतमा २०४८ असोज १८ गते मुद्दा दिएका थिए ।  सोही समूहमा रहेका एक जनाले सजाय भोगिसकेका छन् भने बाँकी अझै तीनजना फरार रहेको प्रहरीले जनाएको छ । अमेरिकाबाट डाक्टर पढेर आफ्नो घर खरिबोट गोरखा फर्कदै गर्दा साँझको समयमा इलमपोखरी गाविसको मुगे बजारबाट पिछा गर्दै लाङ्दी र चेपे खोलाको संगमस्थल दोभानमा पाखरेललाई उनीहरुले भीभत्स ढंगले हत्या गरेका थिए । राम्रोसँग नेपाली बोल्न पनि नजान्ने उनको हत्या भएपछि त्यो हत्याकाण्ड लमजुङको बिचौर क्षेत्रमा चर्चित बनेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>