विजनेश
भारु दुई सयको नोट नेपालमा नचल्ने
०

काठमाडौं असार १३-
सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् ।
त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>