चितवन विशेष
तरुण दल चितवनका क्षेत्रीय सदस्य सहितका युवा नेकपामा प्रवेश
०

चितवन, असार १०-
चितवनमा तरुण दलका क्षेत्रीय सदस्यहरुसहितका युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।मंगलबार विहान आयोजित एक कार्यक्रकका विच नेकपा अध्यक्ष पुष्पकमल दाहालले तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका युवाहरूलाई पार्टी प्रवेश गराउनु भएको हो । उनीहरु पूर्वी चितवनका कांग्रेस कार्यकर्ता हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसबाट नेकपामा प्रवेश गरेका युवाहरुलाई स्वागत गर्नुभयो । ‘राजनीतिक एकताका लागि, जनताको समृद्धिको आकाक्षा पुरा गर्नका लागि हामीले देखेको सपना एउटा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्नका लागि नेकपासँग जोडिनुको विकल्प छैन’, अध्यक्ष प्रचण्डको भनाई थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>