प्रदेश १
हरियारसहित विराटनगरबाट विप्लव समूहका दुई नेता पक्राउ
०

विराटनगर, असार ९ –
अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले विप्लव समूहका दुई नेतालाई पक्राउ गरेको छ ।
अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समूह मोरङका जनपरिषद् प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको हो । धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन् । राई केही महिनाअघि समूहले जनपरिषद् प्रमुख घोषणा गरेका व्यक्ति हुन् ।
पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल २ थान, सो पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>