चितवन विशेष
दवाडी वंश अनुसन्धान प्रतिष्ठानको सातौं अधिवेशन सम्पन्न

चितवन, असार ३-
वशिष्ठ गोत्रीय दवाडीहरुको छाता संगठन दवाडी वंश अनुसन्धान प्रतिष्ठानको सोमबार सम्पन्न सातौ अधिवेशनले भरतप्रसाद दवाडीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षहरुमा चितवनबाट कृष्णप्रसाद दवाडी, नवलपुरबाट बद्री दवाडी, पूर्वाञ्चलबाट ईश्वर दवाडी, गोरखाबाट डिल्लीराम दवाडी, कास्कीबाट मार्कण्ड्यराज दवाडी, लमजुङबाट राधादेवी दवाडी र नवलपुरबाट लक्ष्मी दवाडी रहेका छन् । त्यस्तै कार्यसमितिको महासचिवमा श्रीराम दवाडी, सचिवमा देवीप्रसाद दवाडी, कोषाध्यक्षमा ईन्द्रकमल दवाडी रहेका छन् । दवाडी बाहुल्य क्षेत्रहरुको सहभागिता हुने गरेर बनाइएको कार्यसमितिका सदस्यहरुमा गोरखाबाट दिपक दवाडी, नवलपुरबाट दुर्गाप्रसाद दवाडी, कास्कीबाट दिनानाथ र लोकनाथ दवाडी, झापाबाट छविलाल दवाडी, प्रवासबाट भारतको सिक्किमका अभिचन्द्र दवाडी र लमजुङबाट विनय दवाडी छन् ।
दवाडी वंश अनुसन्धान प्रतिष्ठानका निवर्तमान अध्यक्ष बाबुराम दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सांसदहरु लमजुङका धनञ्जय दवाडी र गोरखाका प्रकाशचन्द्र दवाडी कार्यक्रममा विशेष अतिथि रहेका थिए । अधिवेशनमा निवर्तमान अध्यक्ष बाबुराम दवाडी, प्रदेश सांसदहरु धनञ्जय दवाडी र प्रकाशचन्द्र दवाडी, संस्थाको परिकल्पनाकार कलाधर दवाडी, सिक्किमबाट अभिचन्द्र दवाडी, मोरङबाट टंकराज दवाडी, काठमाडौँबाट गौरी दवाडी र शहरी विकास मन्त्रालयका सहसचिव कृष्णप्रसाद दवाडीले कार्यक्रममा मन्तव्य राखेका थिए । देवघाटको वागिश्वरीमा रहेको वशिष्ठ ऋषिको मन्दिरमा भएको अधिवेशनमा दवाडीहरुको कुल पूजा पनि गरिएको थियो ।