चितवन विशेष
गर्मीले भरतपुरका विद्यालय तीन दिन बन्द
०

चितवन, असार १ –
भरतपुर महानगरपालिकाले चितवनमा अत्यधिक गर्मी बढेको कारणले महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाले पठनपाठन हुने कुल दिनमा नघट्ने गरी बर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिन अनुरोध गरेको छ । महानगरपालिकाबाट आज जारी गरिएको सूचनामा असार २ गतेबाट असार ४ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको छ । चितवनको तापक्रम पछिल्लो समय बढेर ३८ डिग्री सेन्टिग्रेड पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>