खेलकुद
जुनियर प्रहरी अधिकृत शिक्षालय सेमीफाइनलमा

चितवन, जेठ ३२–
जुनियर प्रहरी अधिकृत शिक्षालय चितवनको भरतपुरमा जारी हनामी पाँचौँ चितवन च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा शिक्षालयले डिफेन्डिङ च्याम्पियनसिप गैँडोकाटको फोर ब्रदर्श फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो हाफको १८औँ मिनेटमा प्रहरीका कप्तान रामचन्द्र वाजीले गोल गर्दै टिमलाई विजयी बनाए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि (आइतबार) चौँथो चितवन च्याम्पियसिपको उपविजेता जु फुटबल क्लब जुगेडी र नारायणगढ फुटबल क्लब (एनएफसी) नारायणगढबीच प्रतियोगिता हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।
प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।