अन्तर्राष्ट्रिय
पेस्तोलले आफैलाई गोली हानेर जोडीद्वारा आत्महत्या

एजेन्सी
राजस्थान जेठ ३१-
राजस्थानको जैसलमेरमा एक जोडीले आफैलाई पेस्तोल हानेर आत्महत्या गरेका छन् । घटनास्थल पुगेका चौहाटनका उप प्रहरी उपरीक्षक (डीएसपी) अजित सिंहका अनुसार मृतकहरुको शव मोर्चरीको स्वास्थ्य केन्द्रमा राखिएको छ ।
प्रहरीका अनुसार शंकर जाट र अन्जु सुथारले घरेलु हिसाबले बनाइएको पेस्तोलले आफैलाई गोली हानेर हत्या गरेका हुन् । दुवै २१ वर्षका थिए । पेस्तोलले गोली हान्नुअघि उनीहरुले खिचेको तस्बिर सामाजिक सन्जालमा भाइरल बनेको छ ।
प्रहरीका अनुसार युवतीको करिव डेढ महिनाअघि विवाह भएको थियो भने युवक अविवाहित थिए । दुवैको प्रेम सम्बन्ध भएको र एक आपसमा विवाह गर्न नपाउँदा आत्महत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ ।
यद्यपी घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । ‘हामीले उनीहरुका आफन्त, साथीहरुसँग पनि सोधपुछ गरिरहेका छौ । उनीहरुले कहाबाट पेस्तोल प्राप्त गरे भन्ने सम्बन्धमा पनि छानबिन भइरहेको छ,’ प्रहरी उपरीक्षक (एसपी) राशी दरोगाले भने ।