पत्रपत्रीका बिशेष
इन्टरनेटको मूल्य नबढ्ने
०

काठमाडौं, जेठ ३१–
इन्टरनेटको मूल्य नबढ्ने भएको छ ।
मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको थियो । यससँगै इन्टरनेट सेवा प्रदायकले मूल्य नबढ्ने बताएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रञ्जनहरि कोइरालाले लेखेका छन् ।
मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>