चितवन विशेष

भरतपुरमा मतपत्र च्यात्ने सिवाकोटी र न्यौपाने अदालतद्धारा दोषी ठहर,दुई वर्षसम्म कैद हुनसक्ने

Banner

चितवन,जेठ ३०-

निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले २ वर्ष पछि फैसला गरेको छ । असार ५ गतेको पेशीमा कारवाही सुनाउने गरी विहीबार जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४ वैशाख ३१ भएको निर्वाचन अन्तर्गत जेठ १४ गते राती भरतपुर महानगरपालिका वडा १९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई कसुर निर्धारण गर्ने गरी फैसला भएको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार सजाय तोकिन लागेको चितवन अदालतले जनाएको छ । आरोपीतहरु द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने रहेका छन् ।

सिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको उनले जानकारी दिए । सिवाकोटी र न्यौपाने निर्दोष रहेको आफ्नो जिकिर रहेको देवकोटाले बताए ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं. १९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी २० वडा मात्रै रहन्थ्यो । त्यस्तो अवस्थामा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>