चितवन विशेष
चितवनका युवा ज्योतिष भारतमा सम्मानित

चितवन जेठ ३०-
चितवनका युवा ज्योतिष पण्डित प्रेमानन्द शास्त्री भारतमा सम्मानित भएका छन् ।
श्री वेद ज्योतिष विज्ञान कला, संस्कृति जन कल्याण एवम् अनुसन्धान संस्थाले भारतको जयपुरमा आयोजना गरेको दुई दिने ज्योतिष मन्थन कार्यक्रममा चितवन जिल्ला रत्ननगर जयमंगला निवासी ज्योतिष पण्डित प्रेमानन्द शास्त्रीसहित वुटवलका ज्योतिष पण्डित गोविन्द ज्ञवाली पनि सम्मानित भएका थिए ।
भारतको जयपुुरमा रहेको प्रशिद्ध धार्मिक स्थल श्रीखोलेको हनुमानजीको मन्दिरमा आयोजना भएको कार्यक्रममा विश्वका ४०० बढी ज्योतिष पण्डितहरुको सहभागिता रहेको शास्त्रीले बताए । ज्योतिष ज्ञानमा अव्वल रहेको र ज्योतिष विद्याको प्रभावकारी प्रचार–प्रसार गरेकोमा सम्मान गरिएको हो । नेपालमा मुख्य कार्यालय रहेको विश्व ज्योतिष महासंघ र दक्षिण एशियाली ज्योतिष महासंघमा नयाँ बनेका आजिवन सदस्यलाई नेपालको तर्फबाट ज्योतिष पण्डित प्रेमानन्द शास्त्री र भारत च्याप्टरका तर्फबाट पण्डित अशोक शर्माले प्रमाणपत्र वितरण गरेका थिए । दुःखी असहाय र पछाडि पारिएका वर्गलाई निःशुल्क ज्योतिषीय सेवा दिँदै आएका पण्डित शास्त्री यस अघि पनि धेरै पटक सम्मानित भइसकेका छन् ।