अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी कजाकिस्तानको बिस्केकमा

Banner

नयाँ दिल्ली, जेठ ३०-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक भएका छन् । उनी संघाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ गएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनु भएका थिए । उनी एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लागेका हुन् । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी गएका थिए । भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल भएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ । एससीओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् । (रासस \सिन्हवा)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>