देश/प्रदेश

मकवानपुरमा दुर्घटना परि सैनिकको मृत्यु

Banner

 

हेटौँडा, जेठ ३०

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको र सोही क्रममा उनको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>