नवलपरासी
नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु
०

सहबान अन्सारी,
नवलपरासी, जेठ २९–
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो हावाहुरीसहित पानी परेको बेला परेको चट्याङ लागेर बेतहानी बस्ने वर्ष ६५ का झिन्कु लोनियाको मृत्यु भएको प्रहरीले जनाएको छ । बैदौली पुलमा संचालित महायज्ञ हेरेर घर फर्कने क्रममा चट्याङ लोनिया गम्भिर घाईते भएका थिए ।
गम्भीर घाइते भएका लोनियालाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
मृतकको शवलाई पोस्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>