चितवन विशेष

प्रचण्ड भन्छन्ः सरकारले ल्याएका विधेयक तयारी नगरी ल्याइयो

Banner

चितवन,जेठ २९-

नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा पेश भएका र हुन लागेका लागेका विधेयकहरुको पूर्ण तयारी नभएकोले विरोध भएको बताउनुभएको छ । प्रेस संगठन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटका कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विधेयकहरु पूर्ण तयारी विना ल्याइएको देखिएकोले परिमार्जनसंगै पारित हुने बताउनुभयो ।

जुन गृहकार्य भएर विद्ययक आउनुपर्ने थियो,त्यो नभएको देखियो प्रचण्डले भन्नुभयो,केही कमी रहेको देखियो त्यसमा सरकार र पार्टी सतर्क भएको छ । आगामी दिनमा यस्ता गृहकार्यलाई प्रयाप्त छलफल गरेर सहमती ल्याउनेतर्फ अघि बढिने उहाँको भनाई छ । गुठी, संचार लगायतका विधेयकहरु ल्याउदा सम्वन्धित क्षेत्रका विशेषज्ञहरुसंग सुझाव लिनुपर्ने उहाँको धारणा छ । केही नमिलेका विषय भए प्रधानमन्त्री फर्किए लगत्तै सरसल्लाहमा गर्न सकिने उहाको भनाई छ ।

सरकारको आलोपालको विषयमा जे सहमति छ सोही अनुसार हुने भन्दै पत्रकारहरुलाई यो विषयमा पटक–पटक नसोध्न समेत उहाँले आग्रह गर्नुभयो । चितवनको रामपुरमा वन्न लागेको रंगशालालाई सरकारले सहयोग गर्ने उहाले जानकारी दिनुभयो । नीजि क्षेत्रवाट वन्न लागेका खेलका ठूला परियोजनामा सहरकारले सहयोग गर्ने नीति नै पारित गरेकोले सरकारले राष्ट्रिय गौरबको आयोजनाका रुपमा रंगशालालाई अघि वढाउने प्रतिवद्धता अध्यक्ष दाहालले जनाउनुभयो । छिट्टैनै पाटी एकतालाई तल्लो तहसम्म टुंड्ग्याउने गरी काम अगाडि वढिरहेकोले प्रधानमन्त्री विदेश भ्रमणवाट फर्के लगत्तै प्याकेजमै घोषणा गर्ने अध्यक्ष दाहालको भनाई थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>