चितवन विशेष
भरतपुर अस्पतालको सडक छेउमा वृक्षरोपण

चितवन, जेठ २८ –
भरतपुर महानगरपालिकाको हरियाली प्रवद्र्धन योजनालाई सफल बनाउन युवाहरुको एक समूहले वृक्षरोपण गरेका छन् ।
भरतपुर अस्पतालदेखि पुरानो मेडिकल कलेज जाने सडक खण्डमा वृक्षरोपण गरिएको हो । भरतपुर महानगरपालिकाको समन्वयमा चितवनका युवाहरुको सक्रियतामा विभिन्न फुल तथा विरुवाहरु रोपिएको हो । वे ग्रुप, बेटर चितवन तथा परिचय नामक संस्थाको अगुवाइमा सो स्थानमा वृक्षरोपण गरिएको हो ।
सोही स्थानमा परिचय संस्थाको सौजन्यमा तीनवटा कंक्रिट बेन्च समेत राखिएको छ । भरतपुर अस्पतालको सडक छेउमा कपुर, धुपी, वर्षेनी विरुवाहरु, बार फूलहरु रोपिएको बेटर चितवनका अध्यक्ष सागर कार्किले जानकारी दिए ।
भरतपुर महानगपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद सुवेदीले अन्य स्थानहरुमा पनि यसरी नै वृक्षरोपण गरिने जानकारी दिए ।
मापदण्ड पुगेका सडक छेउ र खेर गईरहेको सार्वजनिक जग्गामा विरुवा रोप्ने महानगरको योजना रहेको महानगरपालिका वातावरण शाखाकी बन अधिकृत अन्जनी अधिकारीले बताइन ।
झाडी भएको ठाउँमा बिरुवा रोपेर हरियाली प्रवद्र्धनका लागि विरुवा रोप्न लागिएको परिचय संस्थाकी अध्यक्ष बन्दना खाणले बताइन् ।