अन्तर्राष्ट्रिय
ग्रिक डुंगा दुर्घटनामा सात आप्रवासीको मृत्यु
०

एथेन्स, जेठ २८-
ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुंगा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् ।
खोजीका क्रममा यस दुर्घटनामा परेका अरु ५७ व्यक्तिलाई जीवितै उद्धार गरिएको तटीय सुरक्षाकर्मीले जानकारी दिएको छ । डुंगामा सवार आप्रवासी कुन देशका हुन् भन्ने प्रष्ट भइसकेको छैन । भूमध्यसागर पार गरेर युरोप पुग्ने क्रममा यस वर्षको सुरुदेखि हालसम्म ३०० बढी शरणार्थी र आप्रवासीहरु मारिएका इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)ले जनाएको छ । ग्रिसले सन् २०१५ देखि हालसम्म ७० हजार सिरियाली शरणार्थीलाई शरण दिइसकेको र ती शरणार्थीहरु छिमेकमा पर्ने देश टर्की पार गर्दै त्यहाँ आइपुगेका हुन् । (रासस \एएफपी)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>