चितवन विशेष

चितवने गायक भुवन प्यासीको ‘हे बरै’ सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, जेठ २७–

चितवनका चर्चित गायक भुवन प्यासीको फरक शैलीको गीत ‘हे बरै’को सार्वजनिक भएको छ । गायक प्यासीले लोक, आधुनिक र ¥याप मिसाउदै ‘हे बरै’ को गीत बजारमा ल्याएका हुन् । उनी विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय छन् ।

सार्वजनिक गीतमा शब्द तथा संगीत प्यासीको नै रहेको छ। उनलाई गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन् । मिस्टर आरजेले गीतमा र्‍याप दिएका हुन् भने पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । ललिपुरको गोदाबरी गार्डेन परिसरमा छायांकन गरिएको यस गीतमा गम्भीर विष्ट र जेविका कार्कीलाई फिचरिंग गरिएको छ । गायक प्यासीको पनि गीतमा अभिनय रहेको छ ।

गीतको भिडियोलाई अहिलेका चर्चित तथा व्यस्त निर्देशक शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारीले छायाकंन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । केहि समय अघि ‘माईली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>