इच्छकामना

नारायणगढ–मुग्लिन सडक खण्डः चौधवटा पुल निर्माण कहिले ?

Banner

चितवन,जेठ २७-

नारायणगढ–मुग्लिन सडक खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो । सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ । तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन । साँघुरा पुल क्षेत्रमा दुर्घटना बढी हुन थालेपछि सडक विस्तारको काम गरेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पुलनजिक ‘रुम्बल स्ट्रिप’ बनाएको छ । विस्तारको काम सकिने बेला सो खण्डमा पर्ने सबै पुल आउँदो दुई वर्षभित्र नयाँ बनाउने भनिएको थियो ।

तर, चारवटा बाहेक बाँकी पुल निर्माणको प्रक्रिया नै सुरु भएको छैन । टेन्डर गर्ने काम पनि भएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार उक्त खण्डमा पर्ने चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा सविता श्रेष्ठले लेखेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>