चितवन विशेष

मिस एसईईको उपाधि भरतपुरकी स्तुतीलाई

Banner

भरतपुर,जेठ २६-

एस्पाएर मिस एसईई स्टार चितवन २०१९ को उपाधि भरतपुर १० कि स्तुती श्रेष्ठले जितेकी छिन् । विभिन्न ६५ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् ।

सो प्रतियोगिताको फस्ट रनरअप खैरहनी नगरपालिकाकी स्मृति भण्डारी भएकी छिन् भने सेकेण्ड रनरअप भरतपुर १२ कि सोफिया डल्लाकोटी भएकी छिन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाधि विजेता स्तुतीलाई १५ हजार रुपैयाँ सहित मोबाइल सेट र विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको बताइएको छ । त्यस्तै उनलाई गैँडाकोटको अक्सफोर्ड कलेज अथवा काठमाडौँको गोल्डेन गेट कलेजमा जुन सुकै विषय अध्ययन गर्दा समेत कक्षा ११ र १२ मा सत प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।

त्यस्तै, प्रतियोगिताको फस्ट रनरअप भण्डारीले १० हजार रुपैयाँको साथमा मोबाइल सेट र ७५ प्रतिशत छात्रवृत्ति पाउनेछिन् । प्रतियोगितामा सेकेण्ड रनरअप भएकी सोफियाले भने पाँच हजार रुपैयाँ र मोबाइल सेट प्राप्त गरेकी छिन् । त्यस्तै उनले दुवै कलेज मध्ये जुन कलेजमा अध्ययन गर्दा पनि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ ।

६५ जना सहभागी भएको अडिसनबाट २२ जना छनौट गरिएको थियो । छनौटमा परेका २२ जनालाई तालिम दिएर फाइनलमा १४ जना प्रवेश गराइएको आयोजक संस्थाका सञ्चार संयोजक अनिल घिमिरेले जानकारी दिए । प्रतियोगितामा मिस पपुलर तथा मिस फ्रेण्डशिप आस्मा हमाल, मिस मल्टिमिडिया तथा मिस पर्सनालिटी अंशु भट्टराई, मिस ट्यालेन्ट र बेस्ट वाक प्रतिशा राई, मिस फोटो जेनिक र बेस्ट स्टाइलिस ड्रस सुजिता विडारी, भ्युअर च्वाइस अन्जिला गुरुङ, मिस डिसिपिलिन रोजिना अधिकारी, बेस्ट स्माइल अनिशा घलेभएका घिमिरेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>