पत्रपत्रीका बिशेष
नवलपरासीमा उखु बेच्न नपाएपछि दाउरा
०

नवलपरासी, जेठ २६–
नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन । घर सामुन्नेको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी हुन् । जुन उखु उनका लागि रगत, पसिना सबथोक हो । १० जनाको परिवार पाल्ने एकमात्र आयस्रोत हो । यो समाचार आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छिन् ।
तर त्यही उखुले अहिले उनलाई दिनको भोक न रातको निन्द्रा बनाएको छ । वर्ष दिन मेहनत र पसिना खेतमा सुकेर सोत्तर बनेपछि हातगोडा छाडेका छन् ।
केही दिनअघिको असिना पानीले तीनै उखु पनि ढलेर आधा कुहिएका छन् । ‘हामी लुटियौँ । बर्बाद भयौँ । उखु खेतमै सुक्यो मेरा बालबच्चा पनि सुक्ने भए,’ सुमित्राले दुखेसो पोखिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>