नवलपुर

पाल्पामा बिषालु च्याउ खाँदा बिरामी परेका ११ मध्ये गम्भीर २ लाई भरतपुर ल्याइयो

Banner

कावासोती,जेठ २५-

पाल्पाको निस्दी गाउँपालिकामा बिषालु च्याउ खादा बिरामी परेका ११ मध्ये २ जनालाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ । निस्दी गाउँपालिका ३ मा बिषालु च्याउको सेवनबाट ११ जना विरामी परेका थिए। विरामी सबै ११ जनालाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर कावासोती ल्याईएकोमा २ जनालाई थप उपचारका लागि चितवनको भरतपुर ल्याइएको जिल्ला अस्पताल नवलपुरका डा. राजभक्त महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार ९ जनाको भने मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

गम्भीर विरामी ३ बर्षीय विष्णु सिंह ठकुरी र ९ बर्षीया निर्मला सिँह ठकुरीलाई भरतपुर पठाईएको हो । आज विहान जंगलबाट ल्याएको च्याउ खाँदा एकै गाउँका ११ जनालाई बान्ता हुने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएपछि उपचारका लागि नवलपुरको जिल्ला अस्पताल कावासोती ल्याईएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>