चितवन विशेष

अराजक तत्वले साधारणसभा बिथोले, नयाँ मितिमा साधारणसभा हुन्छः अध्यक्ष कँडेल

Banner

चितवन, जेठ २४–

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले अराजक समूहले संघको १५ औं वार्षिक साधारणसभा बितोलेको बताएका छन् ।

आज अपरान्ह भरतपुरमा पत्रकार सम्मेलन गरी अध्यक्ष कँडेलले हुलहुज्जत र होहल्ला गरी जवरजस्ती ढंगले स्टेज कब्जा गरी साधारणसभा बिथालेको बताए । उनले भने–‘संघका केही आधिकारिक सदस्यहरुले गैर सदस्यहरुको भिड जम्मा गरी संस्थाको विधि र प्रक्रिया विपरीत साधारणसभा बिथोल्नु भयो, घटनामा संलग्नहरुको पहिचान गरी कानुन बमोजिम कारवाही गर्न जोडदार माग गर्दछु ।’

अध्यक्ष कँडेलले साधारणसभा प्रारम्भ नै नभई बिथोलिएकोले वर्तमान कार्यसमितिले निर्णय गरी नयाँ मितिमा वार्षिक साधारणसभा गरिने जानकारी दिए । उनले पटक–पटक सदस्यता नविकरणका लागि आग्रह गर्दा पनि आधाजति सदस्यले मात्रै नविकरण गरेको बताए । संघमा गतवर्ष ४०० सय सदस्य रहेकोमा २२७ जनाले मात्रै नविकरण गरेको जानकारी दिए ।

संघका निवर्तमान अध्यक्ष शिवराम केसीमाथि आरोप

केन्द्रीय अध्यक्ष कँडेलले निवर्तमान अध्यक्ष शिवराम केसी नेतृत्वको केही समूहले साधारणसभा विथालेको बताए । उनले भने–‘हामी बैठकमा बोलाउँदा कहिल्यै आउनु भएन, बाहिर बाहिर ग्रुप बनाउँदै हिडेर साधारणसभा भाड्नु भयो ।’
केसीले दुई कार्यकाल संघको नेतृत्व गरेका थिए । उनी हाल निवर्तमान अध्यक्ष हुन् । कार्यसमितिको बैठकमा जानुपर्ने कतव्र्य हुन्छ । तर नयाँ नेतृत्व चयन भएपछिको एउटा बैठकमा पनि उपस्थित नभएको कँडेलले बताए ।

अर्को समिति बनाए कानुनी प्रक्रिया चाल्ने

अध्यक्ष कँडेलले सौराहामा रहेका समूहले छुट्टै समिति गठन गर्न लागेको जानकारी पाएको भन्दै त्यसो गरिए कानुनी प्रक्रियामा जाने बताए । उनले भने–“मेरो कार्यकाल बाँकी नै छ, म कसरी हट्छु ।”उनले विधानमा विशेष साधारणसभा वा अधिवेशन नगरी नयाँ नेतृत्व चयन गर्ने बाटो नरहेको बताए । ‘हुलहुज्जतमा नयाँ समिति बनाउँछु भनेर हुँदैन, बैधानिक बाटोबाट जानु प¥यो’–अध्यक्ष कँडेलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>