चितवन विशेष

रंगशाला निर्माणस्थलको सुरक्षा चितवन प्रहरीले गर्ने, सईको नेतृत्वमा बेस खडा

Banner

चितवन, जेठ २४–

चितवनको भरतपुर–१५, रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन प्रहरीले सुरक्षा दिने भएको छ । असुरक्षाका कारण काम प्रभावित भएको कुराहरु बाहिर आएपछि प्रहरीले पूर्ण रुपमा सुरक्षा प्रदान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र शाहले एक विज्ञप्ती जारी गर्दै रंगशालाको सुरक्षाका लागि सोही स्थानमा बेस रहने गरी हाललाई प्रहरी नायव निरीक्षकको कमाण्डमा २४ सै घण्टा प्रहरी टोली खटाईएको जानकारी दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालयलगायत जिल्ला स्थित सबै सुरक्षा निकायहरु समेतबाट निरन्तरत अनुगमन र सुपरिवेक्षणको व्यवस्था मिलाइएको जानकारी दिए ।

चितवन प्रहरीले निर्माणधिन रंगशाला राज्यकै गौरव बोक्ने अन्तराष्ट्रियस्तरको भएकोले यसको निर्माणदेखि संचालनसम्मको सम्पूर्ण कार्यमा सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>