चितवन विशेष

कर्ममुखी कार्यकर्ताले मात्रै काँग्रेसलाई बचाउँछः नेता गुरागाई

Banner

चितवन, जेठ २३–

नेपाली काँग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य प्रमोदहरी गुरागाईले कर्ममुखी कार्यकर्ताले मात्र डुब्न लागेको काँग्रेसलाई बचाउन सक्ने बताएका छन् ।

नेपाल तरुण दल माडी नगर कार्यसमितिले आज (बिहिबार) माडीको बसन्तपुरमा गरेको एक दिने तरुण भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरागाईले काँग्रेसमा कर्ममुखी कार्यकर्ता आवश्यक रहेको बताए । उनले एक पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ कम मत आउँदैमा नेपाली काँग्रेस तथा तरुण कार्यकर्ता आत्तिन नपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले काँग्रेसलाई निषेध गरेर अगाडी बढ्न सकिने भ्रममा बामपन्थीहरु रहेको आरोप लगाए । उनले ऐतिहासिक बिरासत बोकेको नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ताहरुलाई उच्च मनोबलका साथ अगाडी बढ्न निर्देशन दिए । जोशीले बामपन्थीहरुले गरेका हत्या, हिंसा, भष्टाचार लगायतका विषयमा भण्डाफोर गर्न तरुण दल अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस चितवनका सचिव राजिव न्यौपानेले जनताको अभिमतलाई समेत स्वीकार गर्न नरुचाउने बामपन्थीहरु नेपाली नागरिकलाई झुक्याएर शासन गर्न सफल भएको बताए । न्यौपानेले उनीहरुको झुट एकपछि अर्को गर्दै खुल्दै गएको बताउदै केही समयमा समाप्त हुने जिकिर गरे ।

कार्यक्रममा नेपाली काँग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य प्रमोदहरी गुरागाई, नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य राजेश्वर खनाल तथा नेपाल ट्रेड युनियन काँग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्माले प्रशिक्षण दिएका थिए । माडीका ८५ जना अगुवाहरु प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

प्रशिक्षण कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष सूर्य ढकाल, नेपाल तरुण दलका जिल्ला सचिब प्रह्लाद उप्रेती, जिल्ला अध्यक्ष राजन ताम्राकार, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि छबिलाल भट्टराई, सबिता बराललगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल तरुण दल माडी नगर समितिका अध्यक्ष राजु रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सुरु गर्नुपूर्व बाँदरमुढे स्मारकमा पुगी शहिदहरुलाई माल्यार्पण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>