चितवन विशेष

चितवन च्याम्पियनसिप फुटबलप्रति ध्यानाकर्षण

Banner

चितवन, जेठ २३–

कैलाश युथ क्लव भरतपुर–११ ले भोलि (शुक्रबार)देखि सुरु हुन लागेको पाँचौ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

क्लवका अध्यक्ष किरण मरहठ्ठा र व्यवस्थापक सबिन अधिकारीद्धारा आज (विहीबार) जारी विज्ञप्तीमा आफूहरुलाई बिना जानकारी आयोजक एभरेष्ट क्लवले प्रतियोगितामा सहभागिता जनाउन बञ्चित गरेको भन्दै ध्यानाकर्षण गराईएको छ । आयोजककै निमन्त्रणामा क्लवले सहभागिता जनाउने सहमति गरि टिम समेत तयार पारेको अवस्थामा कैलाशलाई हटाएर टाइसिट निकालेले ध्यानाकर्षण गराएको अध्यक्ष मरहठ्ठाले बताए ।

नियतबश क्लवलाई आर्थिक, नैतिक क्षति हुने गरि कार्यप्रति क्लवले भत्र्सना गर्दै यस घटनाप्रति सम्बन्धित खेलको संघलाई समेत जानकारी गराउँदै सचेत गराउन अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>