चितवन विशेष

एक्सपर्टको अष्ट्रेलियन एजुकेशन सेमिनारमा विद्यार्थीको घुईचो

Banner

चितवन, जेठ २३–

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा आज (विहीबार) भरतपुरमा भव्य रुपमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ भएको छ ।

भरतपुर गार्डेन रिसोर्टमा विहान ११ देखि अपरान्ह ४ बजेसम्म चलेको सेमिनारमा विद्यार्थीहरुको भीड लागेको थियो । प्रवेश निःशुल्क गरिएको सेमिनारमा हेटौंडाबाट समेत विद्यार्थीहरु आएका थिए । सेमिनारमा अष्ट्रेलियाका १३ वटा युनिभर्सिटि तथा कलेजका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा बारे परामर्श दिएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । सेमिनारमा सात सय भन्दा बढि विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

परामर्श लिन पुगेका विद्यार्थीहरुले प्रत्यक्ष रुपमै अष्ट्रेलियाका आधिकारिक प्रतिनिधिसंग जानकारी लिन पाएको भन्दै खुशी व्यक्त गरेका थिए । यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षाको बारेमा राम्रोसंग ज्ञान हासिल गर्न सहज भएको उनीहरुको भनाई थियो ।

 

कार्यक्रममा बोल्दै एक्सपर्टका सिईओ सन्जिव शर्माले विद्यार्थीहरुलाई आफ्नै ठाउँमा सहज रुपमा सूचना पाउन् भन्ने उद्देश्यले सेमिनार गरिएको बताए । उनले यस्तो सेमिनारहरुको भरपुर फाईदा उठान विद्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा एक्सपर्टका सिनियर काउन्सलर हरिहर शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुलाई मौकाको फाईदा उठान आग्रह गरेका थिए ।

सेमिनारमा विद्यार्थीहरुसंगै अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । सेमिनारमा चाल्र्स स्टट युनिभर्सिटि, भिक्टोरिया युनिभर्सिटि, युनिभर्सिटि अफ साउथन क्वीन्सल्याण्ड, टोरेन्स युनिभर्सिटि, साउथन क्रस युनिभर्सिटि, होल्म्स इन्स्टिच्युट, एक्ससेलेसिया कलेज, कप्लान विजनेश स्कुल, क्वीबा, इसिए, ब्राइटन कलेज, अस्मी अष्ट्रेलियन स्कील्स म्यानेजमेन्ट इन्स्टिच्युटका प्रतिनिधिहरुले परामर्श दिएका थिए ।

कार्यक्रममा एक्सपर्ट ब्रिसबेनका होम पौडेल, चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी, निर्देशक घननाथ अर्याललगायतको उपस्थिति रहेको थियो ।

अष्ट्रेलियाको सिड्नीमा मूख्य कार्यालय रहेको एक्सपर्ट उत्कृष्ट शैक्षिक परामर्श केन्द्रको रुपमा परिचित छ । एक्सपर्टको अष्ट्रेलियामा मात्रै ८ वटा शाखा कार्यालय रहेको छ । त्यस्तै ९ वटा अन्य देशमा पनि एक्सपर्टले शाखा विस्तार गरी शैक्षिक परामर्श दिँदै आईरहेको छ ।

चितवनमा एक्सपर्टको दुई वटा शाखाहरु रहेका छन् । यहाँ उत्कृष्ट आईएलटिइएस प्रशिक्षकले अध्यापन गराउने गरेको प्रवन्ध निर्देशक अधिकारीले बताए । एक्स्पर्टले वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उत्कृष्ट परामर्श दिनुको साथै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आईरहेको छ । उसले दैविप्रकोपको बेलामा सहयोग गर्नेदेखि खेलकुद लगायत अन्य क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>