Uncategorized
खराब मौसमले पोखरा–भरतपुरको उडान प्रभावित
०

चितवन, जेठ २३-
एकाएक मौसम परिवर्तन भएर पानी पर्दा पोखराबाट भरतपुरसम्मको आजको उडान प्रभावित भएको छ ।
पोखरामा निरन्तर पानी परेकोले बिहान ९ बजेको यती एयरलाइन्स र बिहान ११ः४० को बुद्ध एयरको दुई उडान प्रभावित भएको भरतपुर विमानस्थलले जनाएको छ । भरतपुर–काठमाडौँ र काठमाडौँ–भरतपुरको उडानहरु भने प्रभावित नभएको विमानस्थलले जनाएको छ । भरतपुरमा पनि बादल लागेर हल्का वर्षा भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>