कालिका

मिर्गौलापीडित भुवनलाई काँग्रेसले गर्‍यो आर्थिक सहयोग

Banner

चितवन, जेठ २१–

कालिका नगरपालिका वडा नं. ८ गैरीबारी निवासी दुवै मिर्गौला फेल भएर उपचाररत भुवन बास्तोलालाई आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मिर्गौला फेल भई उपचाररत बास्तोलालाई नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आज (मंगलबार) रु.एक लाख ७६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

पीडित बास्तोलाको बुहारी सिर्जना बास्तोलालाई कालिका ८ गैरीबारी चोकमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका चितवन सभापति जितनारायण श्रेष्ठ, कालिका नगर सभापति राजु श्रेष्ठ, कालिका वडा नं. १ का वडा अध्यक्ष लिलाबहादुर गुरुङ, कालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाली काँग्रेस वडा नं. ९ का वडा सभापति लिलाबहादुर श्रेष्ठ, वडा नं. १ का वडा सभापति चेतबहादुर गुरुङ, नगर कार्य समिति सदस्य बिमला श्रेष्ठ, निरुजा श्रेष्ठ, तरुण दल कालिका नगर समितिका कोषाध्यक्ष शंकर लामा लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस नगर समितिको संयोजकत्वमा संकलित सो रकम मिर्गौला पीडित बास्तोलाको उपचारको लागि हस्तान्तरण गरिएको नगर सभापति राजु श्रेष्ठले जानकारी दिए । हाल भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्गप्रत्यारोपण केन्द्र (भक्तपुर अस्पताल) मा उपचाररत बास्तोलाको दुवै मिर्गौला फेल भएपछि उनकी श्रीमती कुमारी बास्तोलाको एउटा मृगौला प्रत्यारोपण गरिएको छ । उनको ३ दिन अगाडि मिर्गौला प्रत्यारोपण भएको हो ।

हाल सम्म करिव २० लाख रुपैयाँ खर्च भइसकेको बास्तोला परिवार थप रकम जुटाउन समस्यामा परेका छन् । उनको उपचारको लागि थप १० लाख रुपैयाँ लाग्ने परिवारजनले बताएको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका बास्तोला परिवारले उपचारको लागि आर्थिक सहयोग गरिदिनु हुन अपिल समेत गरेको छ । उनकी श्रीमती कुमारी बास्तोलाले श्रीमानको जीवन रक्षाको लागि स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरुलाई आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गरेकी छन् ।

उनको उपचारार्थ सहयोगको लागि ग्लोबल आइएमई बैंकको खाता नं. बी.५०७०१०००६३४८ मा रकम जम्मा गरिदिनु हुन अथवा सम्पर्क मोबाइल नं. ९८६९७९१११८ मा सम्पर्क गरी आर्थिक सहयोग गरिदिनु हुन सबैमा अपिल गरेकी छन् । उनको उपचारको लागि यस अगाडि मकाउमा कार्यरत कालिका ८ निवासी कृष्ण बहादुर अधिकारी मार्फत् करिव एक लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । उनको उपचारको लागि करिव तीन लाख रुपैयाँ मात्र संकलन भएकोले हालसम्म उपचारका लागि खर्च भएको रकम समेत तिर्न नसक्ने अवस्थामा परिवारजन रहेको मिर्गौला पीडित भुवनको भाइबुहारी सिर्जना बास्तोलाले बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>