चितवन विशेष

महिलाहरुलाई फोहोर व्यवस्थापन बारे प्रशिक्षण

Banner

चितवन, जेठ २१–

विश्व वातावरण दिवसको अवसरमा आयोजित ‘वातावरण र यसको संरक्षण’ विषयक दुई दिने सेमिनार अन्तरगत आज (मंगलबार) महिलाहरुलाई प्रशिक्षण दिइएको छ ।

चितवनका युवाहरुको संघसंस्थाको छाता समूह टिम चितवनको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको सहयोगमा भरतपुरस्थित क्यान्सर अस्पतालको सभाहलमा भएको सेमिनारमा घरबाट निश्किने फोहोर व्यवस्थापनका बारेमा भरतपुरको वडा नं.१ देखी १२ का महिलाहरुलाई प्रशिक्षण दिईएको हो ।

कार्यक्रममा वातावरणविद् डा. अनुप गुरुङ, सुशील कुमार कार्की र तुलसा ज्ञवालीले घरबाट निश्किने फोहोरबाट उपयोगी वस्तु बनाउन सकिने बारे जानकारी गराएका थिए । उनीहरुले वातावरण संरक्षण र यसको महत्वको बारेमा आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा करिव पाँच सयको हाराहारीमा महिलाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक रेशमराज थापा (ऋषि)ले जानकारी दिए । यसवर्ष ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाईदै छ ।

कार्यक्रममा भरतपुर १० का अध्यक्ष अरुण पीडित भण्डारी, एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी, आयोजक संस्थाहरु स्माइल नेपालका संयोजक सन्तोष पन्त, दारी ग्याङ चितवन संयोजक रेशम अधिकारी, हेल्प फर ह्यापिनेसका संयोजक नविन तिवारी र एम.डब्लु.आर.आरका कृष्ण शर्माको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>