बलिउड/हलिउड
सलमान खान भन्छन्, ‘मलाई विवाहमा विश्वास लाग्दैन’

काठमाडौं जेठ २१-
बलिउड स्टारहरु लगभग सबै विवाहित नै छन् । हालै मात्र अनुष्का शर्मा, प्रियंका चोपडा, दिपिका पादुकोण र रणवीर सिंहले विवाह गरेका छन् । तर उमेर पुगेर पनि केही अविवाहि रहेका कलाकारको रुपमा सलमान खान देखिएका छन् ।
आफ्ना नातेदार तथा साथीहरुले कहिले विवाह गर्छस् भन्ने प्रश्नमा सलमानले आफूलाई विवाहमा विश्वास नलाग्ने जवाफ दिएका थिए ।
बम्बई टाइम्ससँग कुरा गर्दै सलमान खानले आफूलाई विवाहमा विश्वास नलाग्ने, विवाह भन्ने कुरा विस्तारै मर्दै गएको संस्था भनेर व्याख्या गरेका छन् ।
५३ वर्षीय कलाकार सलमान खानले तीन दशक बलिउडमा बिताइसकेका छन् । सन् १९८८ मा बिवी हो तो एइसी नामक फिल्ममा सर्पोटिङ एक्टरको रुपमा पहिलो पटक देखा परेका हुन् ।
उनले अभिनय गरेका दबंग, वान्टेड, मेने प्यार किया, हम आप के हे कौंन, करन अर्जुन आदि फिल्मले निकै चर्चामा थिए । पछिल्लो समय उनी प्रोड्युसरको रुपमा पनि देखिएका छन् ।