गण्डकी

पूर्णखोप सुनिश्चितता लागि कावासोतीमा अनुगमन

Banner

ज्ञानु पंगेनी

नवलपुर, जेठ १९-

कावासोती नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका लागि तथ्याङ्क प्रमाणिकरण गर्न नगरपालिकाका विभिन्न वडाहरुमा अनुगमन गरिएको छ ।

कावासोती नगरपालिकाको वडा नम्बर १२ र १० मा अनुगमन गरिएको हो । १६ महिनादेखि २३ महिना पुगेका बालबालिकाहरुले पूर्णखोप पाएका छन् कि छैनन् भन्ने बारेमा अनुगमन गरिएको हो । एउटा वडामा कम्तिमा पाँच जना बालबालिकाको विवरण लिइएको हो ।
बालबालिकाको खोप कार्ड हेरेर विवरण भरिएको हो । वडा नम्बर १० मा नगरपालिकाका स्वास्थ्य संयोजक विश्वराज कँडेलको नेतृत्वमा र वडा नम्बर १२ मा चन्द्रकला भट्टराईको नेत्तृवमा अनुगमन गरिएको थियो ।

कावासोती नगरपालिकालाई गत वर्ष पूर्णखोप घोषणा गरिएको थियो । घोषणा कार्यान्वयनमा दिगोपनाका लागि यसरी अनुगमन गरिएको स्वास्थ्य शाखा संयोजक कँडेलले बताए । नगरपालिकाका सबै वडाहरुमा अनुगमन गरिने र नगरपालिकामा सञ्चालनमा रहेका पाँच वटा स्वास्थ्य चौकीको तथ्याङ्क प्रमाणीकरण समेत गरिने कँडेलले जानकारी दिए । कावासोती नगरपालिकाका खोप लगाउने उमेरका जन्मेदेखि ११ महिनासम्मका एक हजार ५८८ जना र १२ महिनादेखि २३ महिनासम्मका एक हजार २२९ जना बालबालिकाले रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>