गण्डकी

झण्डै १ बर्षको कार्यकाल सफल भयोः नवलपुर प्रहरी प्रमुख थापा

Banner

बिजय चालिसे,

जेठ,कावासोती १९-

झण्डै १ बर्षको कार्यकाल सकेर नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापा सरुवा हुनुभएको छ । थापाको प्रहरी प्रधान कार्यलय आतंकवाद नियन्त्रण महाशाखा काठमाडौमा सरुवा भएको हो । सरुवा भएर जाने क्रममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी थापाले आफ्नो कार्यकालमा जिल्लाको शान्ती सुरक्षा कायम गर्न सफल भएको दाबी गर्नुभयो ।

११ महिना १ दिनको कार्यकालमा जिल्लामा भएका २ वटा जघन्य अपराधका घटनाका १० आरोपितहरुलाई सजाय दिलाउन सफल भएको भन्दै एसपी थापाले कसैको दबाबमा आफूले काम नगरेको जिकिर गर्नुभयो । उहाँले जिल्ला लागुऔसधको ट्रान्जिट प्वाइन्टका रुपमा रहेकोमा यसमा संलग्न ८७ जनालाई पक्राउ गरि ६२ जनामाथी मुद्दा चलाईएको बताउनुभयो ।

त्यस्तै उहाँले जुवा तास नियन्त्रणमा पनि आफुले प्रभावकारि भुमिका खेलेको दाबी गर्नुभयो । आफ्नो नवलपुरको बसाईँमा जिल्ला शान्त राख्न सहयोग गर्ने राजनीतिक दल, उधोगी, ब्यबसायी, स्थानिय लगायत सबैलाई धन्यवाद समेत दिनुभयो। एसपी थापा २०७५ साल असार १८ गते नवलपुर जिल्लाको प्रमुख भएर आउनुभएको थियो । नवलपुरको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेल आजै आउदै हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>