नवलपुर

नवलपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, १२ घाइते

Banner

बिजय चालिसे,

कावासोती,जेठ १९ –

नवलपुरमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै ४ स्थानमा भएका सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सदरमुकाम कावासोती ८ मा लु १ ख ६७४७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका पैदल यात्री ५० बर्षीय बम बहादुर श्रेष्ठको ज्यान गएको छ । टाउकोमा गम्भिर चोट लागेका श्रेष्ठको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यसैगरी देवचुली नगरपालिका ३ मा ना ६ ख ६५२५ नंबरको ट्रकले भे ९ प २१४६ नंबरको स्कुटरलाइ ठक्कर दिँदा छोरिको मृत्यु भएको छ भने आमा घाईते भएकि छिन् । दुर्घटनामा सुर्खेतको विरेन्द्रनगर नगरपालिका ६ कि १७ वर्षिय दिया थापाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो भने ३४ वर्षिय आमा नन्दा थापाको सोही अस्पतालमा उपचार भैरहेको प्रहरिले जनाएको छ ।

यस्तै आज बिहान ४ः१५ बजे गेडाकोट नगरपालिका १२ को हर्कपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९३५३ नम्बरको बस अनियन्त्रित भई पल्टिदा बसमा सवार १० जना घाइते भएका छन् । घाइतेहरु सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरिले जनाएको छ ।

यस्तै देवचुली नगरपालिका १४ मा ट्रकले बसलाई ठक्कर दिदा २ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा ना ७ ख ४६४ नंबरको ट्रकले बिग्रीएर रोकि राखेको ना ५ ख ७२४२ नंबरको बसलाई पछाडीबाट ठक्कर दिदा बस चालक सल्यान जिल्लाका ४५ बर्षीय युवराज घर्ति र सोही ठाउँका सहचालक २७ बर्षीय विकुल केसी घाइते भएका छन् । घाईते मध्ये सहचालक केसिको अबस्था गम्भीर रहेको छ । दुबै जनाको पनि पुरानो मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>