चितवन विशेष

दूध दिवसमा भरतपुरको चौबिसकोठीमा निशुल्क दही बाँडियो

Banner

भरतपुर,जेठ १९-

विभिन्न कार्यक्रम गर्दै चितवनमा पनि १९ औँ अन्तर्राष्ट्रिय दूध दिवस मनाइएको छ । चितवनमा पहिलो पटक दूध दिवस मनाइएको हो ।

दूध दिवसको अवसर पारेर चितवनका किसानहरुले दही वितरणदेखि असहायहरुलाई खाना खुवाउनेसम्मका काम गरेका छन् । १९ औँ दूध दिवसको अवसर पारेर नेपाल साना डेरी व्यवसायी संघ चितवनले भरतपुरको चौबिसकोठीमा निशुल्क दही वितरण गरेको हो । भरतपुरको हाकिमचोकबाट ¥याली निकालेर चौबिसकोठी, लायन्सचोक, सहिदचोक, पुलचोकहुँदै चौबिसकोठीमा पुगेर उनीहरुलाई बटुवाहरुलाई निशुल्क रुपमा दही विरतण गरेका हुन् ।

दूधको मह¤वलाई सर्वसाधारणसमक्ष पु¥याउने उद्धेश्यले चोकमा दही वितरण गरिएको नेपाल साना डेरी व्यवसायी संघ चितवनका अध्यक्ष रामचन्द्र सेढाईले बताए । सेढाईका अनुसार दूध सेवन गरौँ, सूर्तिजन्य तथा मादक पदार्थ सेवन नगरौँ भन्ने सन्देश दिनका लागि दूध दिवसको अवसर पारेर शनिबार ¥याली निकालिएको हो । स्वच्छ सफा दूध उपभोक्तालाई खुवाउँ भन्ने चेतना प्रदान गर्नका लागि डेरी व्यवसायी स्वयम्ले नै दही वितरण गरेका हुन् ।

अध्यक्ष सेढाईँका अनुसार खुल्ला दूध बिक्री गर्न नपाउने निर्देशिका सरकारले निर्माण गरेर साना डेरी व्यवसायीहरुलाई धराशायी बनाउन खोजेको बताए । ‘हामीले उपभोक्ताहरुलाई स्वच्छ र ताजा दूध खुवाउँदै आइरहेका छौँ’ सेढाईँले भने, –‘यद्यपि सरकारले हामीलाई धराशायी बनाउने गरी निर्देशिका जारी गरेको छ ।’ सरकारले जारी गरेको निर्देशिकामा खुला दूध बिक्री गर्न नपाउनेलगायतका नियमहरु रहेको सेढाईँले बताए ।

आफूहरुसँग छलफल नै नगरी सरकारले एकतर्फी रुपमा निर्देशिका ल्याएको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने सेढाईँको भनाइ छ । ‘हामीहरुले के सुधार गर्नुपर्ने हो त्यसका लागि हामी तयार छौँ’ सेढाईँले भने, –‘तर हामीलाई दूध बिक्री गर्न दिँदैनौ भनेर सरकारले ल्याएको निर्देशिका गलत छ ।’ चितवनमा साना डेरी व्यवसायीहरु तीन सयको हाराहारीमा रहेका छन् ।

जिल्लामा उत्पादन भएको जम्मा दूधको करिब आधा हिस्सा साना डेरीहरुले नै खपत गर्दै आएका छन् । साना डेरीहरुले दैनिक एक लाख ६० हजार लिटर दूध बिक्री गर्दै आएको व्यवसायीहरुले बताएका छन् । ठूला डेरीहरुले उत्पादन गरेर उपभोक्तासम्म ल्याउने दूध बासी हुने गरेको उल्लेख गर्दै ताजा दूध खुवाउनका लागि भएपनि साना डेरीहरु आवश्यक पर्ने कार्यक्रममा सहभागी व्यवसायीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>