चितवन विशेष

सामुदायिक विद्यालयका विद्यार्थीलाई नवजागृति सामुदायिक वनको छात्रवृत्ति

Banner

भरतपुर,जेठ १९-

भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नवजागृति सामुदायिक वनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

भरतपुर महानगरपालिका भित्र रहेका सात वटा सामुदायिक विद्यालयका २८ जना विद्यार्थीलाई वनले छात्रवृत्ति प्रदान गरेको हो । नवजागृति सामुदायिक वनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भरतराज अधिकारीले प्रत्येक विद्यालयका दुई जना छात्र तथा दुई जना छात्रा गरी चार जना विद्यार्थीका दरले २८ जनालाई छात्रवृत्ति प्रदान गरेको बताए । नवजागृति सामुदायिक वनले सो क्षेत्रका दुई वटा माध्यमिक विद्यालय, एउटा आधारभूत विद्यालय तथा चार वटा प्राथमिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको अधिकारीले बताए ।

विद्यालयले छनौट गरेको गरिब तथा जेहेन्दार विद्यार्थीलाई वनले छात्रवृत्ति प्रदान गरेको हो । विद्यार्थीहरुलाई छात्रावृत्ति स्वरुप एक हजार पाँच सय रुपैयाँ तथा झोला प्रदान गरिएको अधिकारीले बताए । त्यस्तै वनले विश्व वातावरण दिवसको अवसर पारेर शनिबार नै चेतनामूलक कविता वाचन प्रतियोगिता समेत गरेको छ ।

सो प्रतियोगितामा चितवनका २७ जना कवि तथा कवयत्रीहरुले प्रतियोगितात्मक कविता वाचत गरेका निर्णायक द्वारिका नेपालले जानकारी दिए । कविता वाचन प्रतियोगितामा पहिलो हुँदै राजेन्द्र घायलले सात हजार रुपैयाँ प्राप्त गरेका छन् । सोही प्रतियोगितामा दोस्रो हुँदै सुप्रदीप्ती भण्डारीले पाँच हजार रुपैयाँ तथा तेस्रो भएका कृष्ण सुधामाले तीन हजार रुपैयाँ प्राप्त गरेका नेपालले जानकारी दिए ।

प्रतियोगितामा सान्त्वना भएका सुदर्शन अधिकारी र निशा पौडेलले एक÷एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सो कविता वाचन प्रतियोगिताको निर्णाणक संयोजकमा इन्द्र रेग्मी रहेका थिए । कविता वाचत प्रतियोगितामा कपील अज्ञात, इन्द्र रेग्मी र द्वारिका नेपालले निर्णाणकको भूमिका निर्वाह गरेका थिए ।

सो कार्यक्रममा नवजागृति सामुदायिक वनका अध्यक्ष पुस्तकप्रसाद गौतमले सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको बताए । गौतमका अनुसार वनले उपभोक्ताहरुलाई मुढा, ¥याकलगायतका सामग्री निर्माण सम्बन्धी प्रशिक्षण, ५० जनालाई सवारी चालक तालिम दिइसकेको छ । त्यस्तै, टाइगर ताल संरक्षणका लागि पक्की ढलान गर्दै पर्यटन र वन्यजन्तुमैत्री बनाउने काम समेत गरिएको गौतमले बताए ।

गौतमका अनुसार नवजागृति सामुदायिक वन चराचुरुङ्गी र वन्यजन्तुलाई वासस्थानका लागि उपयुक्त स्थान भएको भन्दै वन भित्रका तालतलैयाहरुको संरक्षण र जगेर्ना गर्ने काम भइरहेको बताए । वन तथा वातावरण सम्बन्धी चेतनामूलक कविता वाचन प्रतियोगिता एवम् सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा नेकपाका स्थानीय नेता युवरा पौडेल, प्रकाश आचार्य तथा नेपाली काँग्रेसका वडा कमिटी सभापति अमरबहादुर लामाले मन्तव्य राखेका थिए । पुस्तकप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रेमविनोद नन्दन प्रमुख अतिथि रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>