मकवानपुर

मकवानपुर गढीमा भ्यूटावर बन्दै

Banner

हेटौँडा, जेठ १८–

मकवानपुर जिल्लामा पर्यटन क्षेत्रको विकास र व्यवसाय वृद्धिको लागि मकवानपुरको गढी गाउँपालिकामा रु १५ करोडको लागतमा १७ तले दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण हुने भएको छ ।

मकवानपुर गढी गाउँपालिका–४ को मनकामना मन्दिरनजिक दृश्यावलोकन स्तम्भ निर्माण प्रक्रिया अगाडि बढाइएको व्यवसायी एवं निर्माणकर्ता राजाराम बोगटीले जानकारी दिनुभयो । एक वर्षभित्र स्तम्भ निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने बताइएको छ ।

नेपालमा पहिलो पटक लिफ्टसहितको दृश्यावलोकन स्तम्भ निर्माण शुरु भएको उहाँको भनाइ छ । दृश्यावलोकन स्तम्भ निर्माणले मकवानपुर गढीमा पर्यटक बढ्ने र स्थानीयको आर्थिक रुपमा व्यवसाय बढ्ने स्थानीय रामप्रसाद आचार्यको भनाइ छ ।

यसैबीच भिमफेदी गाउँपलिका–६ मा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण एवं पुनःनिर्माण कार्य अगाडि बढाइएको छ । चिसापानी गढीको संरक्षणको लागि रु ४६ लाखको लागतमा विभिन्न काम शुरु भएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । संरक्षण कार्यक्रमअन्तर्गत भत्किएको भग्नावशेष भवनको निर्माण र बाटो निर्माण, सरसफाइलगायत सुरक्षाको लागि तारजाली लगाउने काम भइरहेको अध्यक्ष लामाको भनाइ छ ।(रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>