चितवन विशेष

गोधुलीले वार्षिकोत्सवमा तीन दिने कार्यक्रम गर्ने

Banner

चितवन, जेठ १–

गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

नारायणगढको शहिदचोकमा मूख्य कार्यालय रहेको सहकारीले यही जेठ ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । पहिलो दिन जेठ ५ गते भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी नगरपालिका क्षेत्र भित्र मानिसहरुको धेरै भीडभाड हुने ठाउँहरु, सरकारी कार्यालय लगायतका स्थान, निजी क्षेत्रहरुमा र केही विद्यालयहरुमा डस्टविन वितरण गरिने सहकारीका प्रवन्ध निर्देशक शरदकुमार महतोले जानकारी दिए ।

यस्तै जेठ ६ गते स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ ३५ वर्ष भन्दा माथि र ५० वर्ष भन्दा मुनीका मानिसहरुबीच खुल्ला दौड प्रतियोगिता हुनेछ । नारायणगढमा विहान ८ बजेदेखी सुरु हुने प्रतियोगिताको दुरी ३ किलोमिटरको रहने छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउने प्रवन्ध निर्देशक महतोले बताए । सोही दिन नारायणगढ बजारमा समेत सरसफाई गर्ने कार्यक्रम रहेको छ ।

यस्तै जेठ ७ गते रत्ननगर ११ स्थित गामवेशी चेपाङ संरक्षण केन्द्रमा स्टेशनरी, खेलकुद सामग्रीसंगै नगद सहयोग गर्ने कार्यक्रम रहेको छ । सोही दिन नै इच्छाकामना गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४२ की बुद्धमाया मगरलाई आर्थिक सहयोग समेत गरिने प्रवन्ध निर्देशक महतोले बताए । मगर पुरानो मेडिकल कलेजमा मिर्गौला रोगको उपचार गरिरहेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>