अन्तर्राष्ट्रिय

चीन र अमेरीकाबीच फेरि चर्कियो व्यापार युद्ध

Banner

बैशाख २२, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले व्यापार सम्झौता तोडेको आरोप दाहो¥याएका छन् । उता चीनले चिनियाँ उत्पादनमा अमेरिकाले कर वृद्धि गरे जवाफी कदम चालेर बदला लिने बताएको छ ।

अमेरिकाको फ्लोरिडामा एक ¥यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले चीनले व्यापार सम्झौता तोडेको त्यसकारण दुई अर्ब डलरको सामानमा दोब्बर कर लिने बताएका थिए । राष्ट्रपति ट्रम्पले सम्झौता तोड्ने चीनसँग वार्षिक एक सय अर्ब डलर असुल गर्नु नाजायज नहुने बताए ।

उता चीनका वाणिज्यमन्त्रीले हस्ताक्षर हुने प्रकृयामा रहेको सम्झौता तोडियो भन्नु गलत हो भन्दै राष्ट्रपति ट्रम्पको दाबी खण्डण गरेका छन् । उनले वासिङटनले एक अर्ब डलर असुल गर्ने प्रयाश गरे चीनले जवाफमा बदला लिने बताएका छन् ।

चीनका शक्तिशाली उपप्रधानमन्त्री लियु हे र अमेरिकी अधिकारीबीच बिहीबार व्यापार वार्ता हुँदैछ । प्रस्तावित वार्ताले महाशक्तिबीच तनाव घट्ने अपेक्षा गरिएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले चीनियाँ सामानमा दोब्बर कर वृद्धि गर्ने अभिव्यक्तिले वातावरण धमिलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>