प्रचलन

बौद्ध–जोरपाटी सडकमा स्थानीय र प्रहरीबीच झडप

Banner

बैशाख २२, २०७६

काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।

बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।

कालोपत्रे छिटो गर ! ठेकदारलाई कारवाही गर !

प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले स्थिति सामान्य भइसकेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>