एथलेटिक्स
आशिष र सरस्वतीलाई दोहारो स्वर्ण
०

बैशाख २२, २०७६
आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४औं राष्ट्रिय खेलकुदअन्तर्गत १ सय मिटर दौडमा स्वर्ण जितेका एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले २ सय मिटर दौडमा स्वर्ण हात पारेका छन् ।
शनिबार दाङको बेल्झुण्डीमा भएको दौडमा आशिषले निर्धारित दूरी २१ दशमलव ८३ सेकेन्डमा र सरस्वतीले २६ दशमलव २६ सेकेण्डमा पुरा गरेका हुन् । पुरुषतर्फ आर्मीका अभिषेक चौधरीले रजत र प्रदेश ४ का प्रकाश राना मगरले कांस्य हासिल गरे । महिलामा प्रदेश ५ की जयरानी चौधरीले रजत र आर्मीकी कृष्णा चौधरीले कांस्यमै चित्त बुझाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>