फुटबल

स्ट्राइकरको बस दुर्घटनामा निधन

Banner

बैशाख २२, २०७६

चेक रिपब्लिकका अन्तर्राष्ट्रिय स्ट्राइकर जोसेफ सुरलको बस दुर्घटनामा निधन भएको छ । टुर्किस क्लब एटेमीज एलान्यास्पोरका खेलाडी बोकेको सो बस आईतबार दुर्घटना भएको हो । केही खेलाडी रहेको सो बसमा सुरललाई गम्भीर चोट लागेको थियो र २८ वर्षीया खेलाडीको अस्पतालमा निधन भएको जनायो ।

अन्य खेलाडीलाई भने सुरललाई जस्तो चोट नपरेको क्लबका अध्यक्ष हसन काभुसोग्लुले बताए । हसनका अनुसार सुपर लिगको क्लबका ७ खेलाडीलाई भाडामा लिएको निजी मिनीबसमा यात्रा गराएको थियो । अन्य खेलाडी र स्टाफलाई टिम बसमा यात्रा गराएको थियो ।

सुरलले यसै वर्षको जनवरीमा चेकको क्लब स्पार्टा प्रागबाट एलान्यास्पोरमा आबद्ध भएका थिए । उनले आफ्नो राष्ट्रका लागि २० खेलमा सहभागिता जनाए भने उनको अन्तिम खेल नेसन लिगअन्तर्गत अक्टोबरमा भएको युक्रेनविरुद्ध रहेको थियो । त्यो खेलमा युक्रेनसँग चेक हारेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>