फुटबल

फुटबलमा मनी ट्रेन्ड: सर्वाधिक तलब पाउने इंग्लिस क्लबका प्रशिक्षक

Banner

बैशाख २२, २०७६

लन्डन, (एजेन्सी)
गत महिना गोल डटकमले विश्वका १० सर्वाधिक तलब बुझ्ने फुटबल क्लबको प्रशिक्षक मध्ये ५ जना इंग्लिस क्लबका रहेको जनाएको थियो । जसअनुसार तीन स्पेनिश क्लबका प्रशिक्षक पनि उक्त सूचीमा अटाएका छन् । जारी सिजन स्पेनिस क्लब एट्लेटिको मेड्रिडका डिएगो सिमोन सबैभन्दा बढी तलब पाउने प्रशिक्षक बनेका छन् । उनले वार्षिक ५ सय १२ करोड नेपाली रुपैया बराबरको रकम बुझ्ने गरेका छन् । यद्यपि, यी १० प्रशिक्षक मध्ये ३ जना यस्ता पनि छन्, जो अहिले कुनैपनि क्लबमा आबद्ध भने छैनन् । यसैबीच, इंग्लिश प्रिमियर लिगका सबै क्लबहरुले एजेन्ट्सहरुमाथि ३ हजार ७ सय ४४ करोड नेपाली रुपैयाँ बराबरको रकम खर्चेका छन् ।

क्लबहरुको एजेन्ट्समाथिको खर्चलाई हेर्ने हो भने लिभरपूल अग्रपंक्तिमा छ । लिभरपुलले ६ सय २० दशमलव ८० करोड नेपाली रुपैयाँ बराबरको रकम खर्चेका छन् । यस्तै, टोटेनह्याम हट्सपर क्लब यस वर्षको सर्वाधिक नाफा गर्ने क्लब बनेका छन् । टोटेनह्यामले १ हजार ६ सय ३२ करोड नेपाली रुपैया बराबरको रकम नाफा गरेका छन् ।

माउरिन्होको सम्झौता ३ सय ८४ करोड नेपाली रुपैयाँ बराबरको थियो । सिमोनले एट्लेटिकोसँग सन् २०२२ सम्मका लागि सम्झौता गरेका छन् । क्लबले दोस्रो र तेस्रो नम्बरमा प्रशिक्षकलाई हटाए पनि उनलाई भने सम्झौता अनुरुपको पुरै रकम दिइएको छ ।

म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्हो दोस्रो तथा मोनाकोका पूर्व प्रशिक्षक थिएरी हेनरी उक्त सूचीको तेस्रो स्थानमा छन् । माउरिन्हो सम्झौताको विषयमा इंग्लिश प्रिमियर लिग (ईपीएल) को पहिलो नम्बरमा छन् । उनको सम्झौता ३ सय ८४ करोड नेपाली रुपैयाँ बराबरको रहेको छ ।

हेनरीसँग ३ वर्षका लागि ३ सय १६ दशमलव ८० करोड़ नेपाली रुपैयाँ बराबरको सम्झौता गरेका थिए । फ्रेन्च क्लब मोनाकोले थिएरी हेनरीसँग ३ वर्षका लागि ३ सय १६ दशमलव ८० करोड नेपाली रुपैयाँ बराबरको सम्झौता गरेका थिए, तर तीन महीनामा नै उनलाई प्रशिक्षक पदबाट हटाइएको थियो ।
इंग्लिश क्लब आर्सेनलका पूर्व प्रशिक्षक आर्सेन वेन्गरले २२ वर्षसम्म क्लबको जिम्मेवारी सम्हालेका थिए । उनको सम्झौता १ सय ४ करोड नेपाली रुपैयाँ बराबर थियो । तर उनले गत वर्ष क्लब छोडेका थिए । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला, टोटेनह्याम हट्सपरका मरिसियो पोचेतिनो र लिभरपूलका जर्गेन क्लोप उत्कृष्ट –१० मा परेका इंग्लिश प्रशिक्षक हुन् ।

टोटेनह्यामले १४ दशमलव ४० हजार करोड नेपाली रुपैयाँ बराबरको स्टेडियम बनाएर पनि नाफा गर्न सफल भयो । टोटनह्यामलाई २०१७÷१८ को सिजनमा १ हजार ६ सय ३२ करोड नेपाली रुपैयाँ बराबर फाइदा गरे । क्लबले १४ दशमलव ४० हजार करोड नेपाली रुपैयाँ बराबरको स्टेडियम बनाएका छन् ।
तैपनि क्लब सर्वाधिक नाफा गर्ने क्लब बन्यो । पछिल्लो पटक लिभरपूलले गरेको १ हजार ५ सय २० करोड नेपाली रुपैयाँ बराबरको नाफालाई पछाडि पारेको हो । टोटनह्यामको कमाई ३ हजार ८ सय ५६ करोडबाट वृद्धि भएर ४ हजार ७ सय २० करोडसम्म पुगेको छ ।

ईपीएल क्लबहरुले २०१८÷१९ मा एजेन्ट्समाथि ३ हजार ७ सय ४४ करोड रुपैयां खर्च गरेका थिए । यो आंकडा गत सिजनको तुलनामा ७ सय ४ करोड रुपैयाँ अधिक हो । यस्तै जारी सिजन ईपीएलको शीर्ष स्थानमा रहिरहेको क्लब लिभरपूलले एजेन्ट्समाथि ६ सय २० दशमलव ८० करोड रुपैयाँ खर्च गरेका छन् । चेल्सी ३ सय ७४ दशमलव ४ करोड रुपैयांसँगै दोस्रो र म्यानचेस्टर सिटी ३ सय ४५ दशमलव ६० करोड रुपैयांसँगै तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>