माडी
मोटरसाइकलसहित तीनजना पक्राउ
०

बैशाख २२, २०७६
महानगरीय ट्राफिक महाशाखा, रामशाहपथबाट खटिएको टोलीले हेलम्बु गाउँपालिका वडा नं ५ सुरुङ नजिकैबाट तीन वटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल चोरीमा समातिएका हेलम्बु– ५ का दीलकुमार तामाङ, हेलम्बु– ७ का नवराज तामाङ र हेलम्बु– ७ कै सिकारी भनिने अमित तामाङ छन् । इलाका प्रहरी कार्यालय हेलम्बु र इलाका प्रहरी कार्यालय मेलम्चीको सहयोगमा उनीहरुलाई पक्रन सफल भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>