मकवानपुर

वडा स्तरिय सृजना किशोरी सम्वाद संजाल गठन

Banner

बैशाख २४, २०७६

वीरगंज महानगरपालिकाको वडा नं. ३०, लालपर्सामा वडा स्तरिय सृजना किशोरी सम्वाद संजाल गठन भएको छ ।

प्रिति कुमारी यादवको संयोकत्वमा गठन भएको समितिको उप संयोजकमा मजरुन खातुन, सचिवमा निकिता कुमारी गुप्ता, सह सचिवमा हजरा खातुन र कोषाध्यक्षमा रुबि कुमारी मण्डल चयन भएका छन ।

यस्तै नव गठित समितिको सदस्यमा मिरा कुमारी मण्डल, अर्चना कुमारी कानु, सिता कुमारी कलवार, निशा खातुन लगायतका चयन भएका छन । युरोपियन युनियनको सहयोग र संरक्षण नेपाल तथा चाइलड नेपालको सहकार्यमा ग्रामिण पुनरनिर्माण संस्थाले संचालन गरेको किशोरी सम्वाद कार्यक्रम अन्तर्गत संजाल गठन भएको हो । समाजमा रहेको कुरुती न्युनिकरणको विभिन्न क्रियाकलाप संचालन गर्न संजाल गठन गरिएको किशोरी सम्वाद कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले वताए । यसका लागि ३ सदस्यि विभिन्न उप समितिहरु पनि गठन भएको उनले जानकारी गराए ।

सविता कलवारको संयोजकत्वमा कोष अभिवृद्धि उप समिति, अंजली कुमार कानुको संयोजकत्वमा क्षमता अभिवृद्धि उप समिति, निभा कुमारी यादवको संयोकत्वमा पैरवी उप समिति र मनिता कुमारी मण्डलको संयोजकत्वमा खेलकुद तथा मनोरञ्जन उप समिति गठन भएको सुपरभाइजर साहले जानकारी गराए । श्री ने.रा. अधारभुत विद्यालय लालपर्सामा भएको संजाल गठन कार्यक्रममा वडा अध्यक्ष अमानत अंसारी, वडा सदस्य जमिला खातुन, विद्यावती देवी पासवान, स्वास्थ्य चौकी लालपर्साका प्रमुख अनिशकान्त कुशवाहा, सम्वाद अधिकृत प्रकाश पाण्डे, उमा राय माझी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यता यश अघि वीरगंज महानगरपालिकाको वडा नं. २९ र ३१ मा पनि किशोरी सम्वाद संजाल गठन भइसकेको छ । वडा नं. २९, मुसैलीमा छठी कुमारी मण्डलको संयोजकत्वमा एकता किशोरी सम्वाद संजाल र वडा नं. ३१, भेडियाहीमा आशिका गौरोको संयोजकत्वमा लालिगुराश किशोरी सम्वाद समुह संजाल गठन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>