अन्तर्राष्ट्रिय

बिहेका लागि छुट्टी नपाएपछि चुनावी सुरक्षामा खटिएका जवानले हाकिमलाई गोली हाने

Banner

२०७६ बैशाख २० शुक्रबार १३:५४:०० | हावडा

 

भारतमा यतिखेर लोकसभा निर्वाचन जारी छ । यस्तोमा चुनावी सुरक्षाका लागि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्सका एक २६ वर्षे जवानले छुट्टी नदिएको भन्दै बिहीबार इन्सास राइफलबाट १३ राउण्ड गोली चलाउँदा उनका सिनियरको मृत्यु भएको छ  भने अन्य दुई गम्भीर घाइते भएका छन् । टाइम्स अफ इन्डियाको समाचारअनुसार आगामी मे २० मा तय गरिएको विवाहका लागि छुट्टी नदिएको झोंकमा उनले फायर खोलेका हुन् ।

आसाम राज्यको सशस्त्र प्रहरी बलअन्तर्गत कार्यरत लक्ष्मीकान्त बर्मनले सब इन्सपेक्टर भोलानाथ दाससँग विवाद चलिरहँदा फायर खोलेका हुन् । डिप्रेसनका विरामी उनलाई भाग्न खोज्दा फौजका अन्य सदस्यले पक्राउ गरी अस्पताल पु¥याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>