खेलकुद

चेल्सीलाई पेड्रोले हारबाट जोगाए

Banner

शुक्रबार, वैशाख २०, २०७६

युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको छ ।
जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टविरुद्धको खेलमा पेड्रोले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएको हो । खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

फ्रान्कफर्टको घरेलु मैदानमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले खेलको २३औं मिनेटमा लुका जोभिकको गोलबाट अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए ।
घरेलु टोलीविरुद्ध चेल्सीले बल पोजसन राखेपनि थप गोल गर्न सकेन । २१औं मिनेटमा फ्रान्कफर्टका डेभिड अब्राहमले गोलको सुन्दर मौका खेर फाल्यो । २७औं मिनेटमा चेल्सीका पेड्रो गोल नजिक पुगेर चुक्यो ।

४२औं मिनेटमा रुवेन लफटस चेकको प्रहार पोस्टबाट थोरै बाहिरियो । ५५औं मिनेटमा लफटसले अर्काे सुन्दर मौका खेर फाल्दा चेल्सीले खेदलमा अग्रता लिने मौका खेर फाल्यो ।

६०औं मिनेटमा डेभिड लुइजको फ्रिकिक बारमा लागेर फर्कदा चेल्सी चुक चुकाएको थियो । ७५औं मिनेटमा लफटसको प्रहार फ्रान्कफर्टका गोलरक्षक केभिन ट्रयापले बचाए । ८५औं मिनेटमा घरेलु टोलीका अब्राहमको फ्रि हेडर क्रसबारबाट थोरै बाहिरियो ।
बराबरीपछि अवे गोलका कारण चेल्सीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा हुने दोस्रो लेगमा गोलरहित बराबरी वा जित निकालेको अवस्थामा चेल्सीले फाइनलमा स्थान बनाउनेछ । फ्रान्कफर्टलाई फाइनलमा प्रवेश गर्न कम्तीमा पनि जित अथवा दुई वा सोभन्दा बढी गोलको बराबरी आवश्यक छ ।

दोस्रो लेग चेल्सीको मैदानमा १० मे मा हुदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>