क्रिकेट

सन्दीपको टिम दिल्लीलाई ठूलो धक्का !

Banner

शुक्रबार, वैशाख २०, २०७६

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ ।
दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । घाईते रबाडालाई क्रिकेट साउथ अफ्रिकाले स्वदेश फर्किन आदेश दिएको छ ।

रबाडा अव विश्कपका लागि साउथ अफ्रिका फक्रिने छन् । दिल्लीलाई ७ वर्षपछि प्ले मा पुर्याउन कागीसो रबाडाको प्रर्दशन सबैभन्दा महत्वपूर्ण रहेको छ ।
रबाडाले जारी आईपीएलमा १२ खेलमा २५ विकेट लिई सकेका छन् । प्ले अफमा पुगि सकेको दिल्लीले जारी आईपीएलमा १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा छ ।

दिल्लीले लिगको अन्तिम खेल शनिवार राजस्थान रोयल्ससँग घरेलु मैदान फिरोज शाह कोटलामा खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>