प्रचलन

लिभरपुलमाथि बार्सिलोनाको सहज जित, मेस्सीको ६०० गोल पूरा

Banner

च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई ३-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई र लुइस स्वारेजले एक गोल गरे ।
२६ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । स्वारेजकै गोलमा बार्सिलोनाले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हात पारेको हो ।

बार्सिलोनाका लागि खेलको ७५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २-० गोलको अग्रता दिलाए । ८२ औं मिनेटमा मेस्सीले अर्को सुन्दर गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

खेलमा बार्सिलोनाविरुद्ध लिभरपुलले केही दबाव सिर्जना गरेको थियो । करिब ५२ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखे पनि बार्सिलोनाविरुद्ध लिभरपुलले गोल गर्न सकेन । यो हारसँगै लिभरपुल निकै दबावमा आएको छ । फाइनल प्रवेशका लागि बार्सिलोनालाई सहज भएको छ भने लिभरपुललाई कठिन भएको छ ।

लिभरपुलविरुद्ध दुई गोल गरेका मेस्सीले आफ्नो क्लब करिअरमा बार्सिलोनाका लागि ६०० गोल पूरा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>